You are viewing the translated version of नियन्त्रणमा परिवर्तन.

Section 57
नियन्त्रणमा परिवर्तन
(१) कुनै निकायको विगत तीन वर्ष अघिसम्मको स्वामित्वको तुलनामा पचास प्रतिशत वा सोभन्दा बढी स्वामित्व परिवर्तन भएमा सो निकायले आफ्नो स्वामित्वको सम्पत्ति वा आफूले वहन गरेको दायित्व निसर्ग गरेको मानिनेछ ।

(१क) उपदफा (१) बमोजिमको कुनै निकायको पचास प्रतिशत वा पचास प्रतिशतभन्दा बढी स्वामित्व परिवर्तनको गणना गर्ने प्रयोजनको लागि त्यस्तो निकायको देहाय बमोजिमको स्वामित्वलाई मात्र समावेश गरिनेछः-

(क) कुल स्वामित्वको एक प्रतिशत वा एक प्रतिशतभन्दा बढी स्वामित्व ग्रहण गर्ने “शेयरवाला वा साझेदारले ग्रहण गरेको स्वामित्व, र

(ख) कुल स्वामित्वको एक प्रतिशतभन्दा कम स्वामित्व ग्रहण गर्ने “शेयरवाला वा साझेदारमध्ये त्यस्तो निकायको कुल स्वामित्वको एक प्रतिशतभन्दा बढी स्वामित्व ग्रहण गर्ने “शेयरवाला वा साझेदारको सम्बद्ध व्यक्तिले ग्रहण गरेको स्वामित्व ।

(२) उपदफा (१) मा उल्लेख भए बमोजिम “कुनै निकायको स्वामित्व परिवर्तन भएमा त्यस्तो परिवर्तन पछि सो निकायलाई देहायका कार्य गर्न अनुमति दिइने छैनः-

(क) स्वामित्वको परिवर्तन हुनुभन्दा अघि सो निकायबाट खर्च गरिएका दफा १४ को उपदफा (३) बमोजिम अगाडि सारिएको ब्याज कट्टा गर्न,

(ख) स्वामित्वको परिवर्तन हुनुभन्दा अघि सो निकायलाई हुन गएको नोक्सानी दफा २० बमोजिम कट्टा गर्न,

(ग) स्वामित्वका परिवर्तनपछि हुन गएको नोक्सानीलाई दफा २० को उपदफा (४) १ बमोजिम त्यस्तो स्वामित्वको परिवर्तन अघिको कुनै आय वर्षमा पछाडि लैजान,

(घ) स्वामित्व परिवर्तन हुनुअघि दफा २४ को उपदफा

(४) ..........बमोजिम कुनै रकम वा खर्च बापत हिसाब गरेको र स्वामित्वको परिवर्तन पछि सो रकम वा खर्चको ०दफा २४ को उपदफा (४) बमोजिम सच्याएकोमा दफा २४ को उपदफा (४) बमोजिम समायोजन गर्न,

(ङ) स्वामित्वको परिवर्तन हुनुअघि दफा २५ को उपदफा

(१) को खण्ड (ख) बमोजिम कुनै रकमको हिसाब गरेको र स्वामित्वको परिवर्तन पछि सो रकम प्राप्त गर्ने अधिकार त्याग गरेको वा सो रकम कुनै व्यक्तिको त्र्रण दाबी भएकोमा त्यस्तो व्यक्तिले उक्त क्रणलाई डुबेको क्रण मानी अपलेखन गरेमा दफा २५ को उपदफा (१) बमोजिम समायोजन गर्न,

(च) स्वामित्वको परिवर्तन हुनुअघि सम्पत्ति वा दायित्वको निसर्ग गर्दा हुन गएको घाटा स्वामित्वको परिवर्तन पछि सम्पत्ति वा दायित्वको निसर्गबाट प्राप्त आम्दानीमा दफा ३६ बमोजिम घटाउन,

(छ) स्वामित्व: परिवर्तन हुनुअघि दफा ६० को उपदफा

(२) को खण्ड (ख) को उपखण्ड (१) बमोजिम प्रिमियमको हिसाब गरेकोमा र स्वामित्वको परिवर्तन पछि त्यस्तो प्रिमियम बीमितलाई फिर्ता दिएमा सो बमोजिम खर्च दाबी गर्न, वा

(ज) स्वामित्व परिवर्तन हुनुअघि विदेशी आयका सम्बन्धमा दाखिला गरेको करलाई दफा ७१ को उपदफा (३) बमोजिम आगामी वर्षमा सार्न ।

(३) कुनै निकायको स्वामित्वमा कुनै आय वर्षमा उपदफा (१) मा उल्लिखित किसिमले परिवर्तन भएमा सो आय वर्षको स्वामित्व परिवर्तन अघि र पछिको भागहरुलाई छुट्टाछुट्टै आय वर्षहरुको रुपमा मानिनेछ ।